Sajhamanch Archive

गएरातिको चट्याङबाट मेचीनगरका तीन घरमा लाखौंको क्षति

Published: in विविधा, समाज by .

मेचीनगर । झापाको मेचीनगर १२ पिपलडाँगीका तीन घर परिवारमा गएरातिको चट्याङले लाखौंको क्षति पुर्याएको छ ।

चट्याङले स्थानीय मीना मादेन, प्रेमप्रसाद भट्टराई र जुतन राजवंशीको घरमा क्षति गरेको छ । पिपलडाँगी टोल विकास संस्थाका अध्यक्ष तुलसा बरालका अनुसार चट्याङबाट मादेनको घरमा दुई लाख रूपैयाँभन्दा बढीको क्षति पुर्याएको हो ।

मादेनको घरको केही भाग, घरमा रहेको विद्युतीय उपकरणहरू र वायरिङ तथा मिटर बक्स क्षतविक्षत भएको जनाइएको छ । यस्तै भट्टराईको घरमा रहेको इनभर्टर, टेलिफोनमा पूरै क्षति भएको छ भने घरमा पनि केही क्षति भएको जनाइएको छ । उनको घरमा चट्याङले अन्दाजी ५० हजार रूपैयाँ भन्दा बढीको क्षति भएको बताइएको छ । स्थानीय प्रहरी कार्यालय समेतको सहभागितामा गरिएको क्षतिको अनुमानमा जुतन राजवंशीको घरमा पनि ५० हजार हाराहारीकै क्षति भएको अनुमान गरिएको टोल विकासका अध्यक्ष बरालले बताइन् । बिहान साढे ३ बजे भएको उक्त घटना पछि टोलभरि विधुत सेवा अवरुद्ध भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *