Sajhamanch Archive

बुद्धशान्तिमा अर्धनग्न अवस्थामा भेटियो महिलाको लाश

Published: in विविधा by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा अर्धनग्न अवस्थामा एक महिलाको लाश फेला परेको छ । बुद्धशान्ति ४ स्थित बर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे लाश भेटिएको हो ।

स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाइएको बताइएको छ ।

लाशको प्रकृति हेर्दा हत्या नै भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । प्रहरीका अनुसार मुख बन्ध गरिएको अवस्थामा लाश भेटिएको र
वरिपरी केही माद्यक पर्दाथ, चाउचाउ र छाता समेत रहेको छ ।
हालसम्म सो लाशको पहिचान हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *