Sajhamanch Archive

बाढीले जनताको तटबन्धनमा क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । लगातारको वर्षासँगै आएको बाढीले जनताको तटबन्धनमा क्षति पुर्याएको छ ।

बाढीले झापा गाउँपालिका वडा नं.७ को टप्पु टोल र जनता टोलको माईखोलाको जनताको तटबन्धनमा क्षति पुर्याएको छ ।

२ हजार २ सय ५० मिटर लामो जनताको तटबन्धनमा बाढीले क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

जनताको तटबन्धनमा पुर्यााएको क्षतीलाई थप क्षती हुन नदिन स्थानिय जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहभागितामा मर्मत सम्भार भईरहेको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ ।

उक्त तटबन्धनलाई मर्मतका लागि माईखोलाको बीच भागमा जेसिबी मेसिन समेतको प्रयोग गरी बाढीबाट हुन सक्ने थप क्षतीलाई रोकथाम गर्ने कार्य भइरहेको छ ।

बाढीका कारण मानवीय, चौपाया लगायतमा क्षती नपुगेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *