Sajhamanch Archive

शिवसताक्षीमा तीन दिवशीय क्षमता अभिबृद्धि तालिम सुरु

Published: in विविधा, समाज by .

शिवसताक्षी । सतासीधाम जेसीजले क्षमता अभिबृद्धि सम्बन्धी तीन दिवशीय तालिमको आजबाट सुरु गरेको छ ।

शिवसताक्षी दूधेमा आयोजित तालिमको शिवसताक्षी नगरपालिकाकी उपमेयर भेजकुमारी नेपालले उद्घाटन गरेकी छिन् ।

उद्घाटनका क्रममा उपमेयर नेपालले सतासीधाम जेसीजले हालसम्म गरेका सामाजिक कामको खुलेरै प्रशंसा गरिन् । गएको चैत्रमा कोरोना भाइरस संक्रमण सम्वन्धी सतासीधाम जेसीजले नगरका सबै वडाहरुमा जनचेतना मुलक नाटक प्रस्तुत गरेर समाजमा ठूलो काम गरेको उमपेयर नेपालले बताइन् । उनले कोरोना संकटका बेला नगरपालिकाले नेतृत्व दायी भूमिका निर्वाह गरेपनि सबैको साथ सहयोग भएमा मात्र यससँग लड्न सकिने बताइन् ।

शिवसताक्षी क्षेत्रका नागरिकको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले तीन दिवशीय तालिमको आयोजना गरिएको सतासीधाम जेसीजकका वर्तमान अध्यक्ष कुमारसिंह साँवाले जानकारी दिए । कोरोना कहरका बीच पनि सामाजिक दूरी कायम गर्दै माक्स, सेनेटाइजर जस्ता स्वास्थ्य सामाग्रीको प्रयोगमा कार्यक्रम सफल हुने उनले बताए ।

तालिममा कञ्चनजंगा एफ.एम.का कार्यक्रम प्रस्तोता डिल्लीराम घोर्साई, मनो परामर्षदाता प्रतिमा खतिवडा, र प्रशिक्षक भीमप्रसाद भट्टराईले सहजीकरण गर्ने बताइएको छ ।

कार्यक्रमको ओचित्य माथि प्रकाश असोक बस्नेतले पारेका थिए भने कार्यक्रम संयोजक पदम कुँवरले प्रमुख अतिथि, अतिथिहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी उपहार स्वरुप प्रदान गरेका थिए ।

तालिममा शिवसताक्षी भरिका ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *