Sajhamanch Archive

कांग्रेस पदाधिकारी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *