Sajhamanch Archive

स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । हाल विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वका लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट बच्न मानिसहरुले अनेकौं उपाय पनि लगाइरहेका छन् । कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न साबुनपानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गरिन्छ ।

अमेरिकाको न्यू मेक्सिको राज्यमा सोही स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् । हातमा प्रयोग गरिने स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

स्यानिटाइजरमा प्रयोग हुने मेथानेल केमिकलले गर्दा यो पिउँदा यसले दिमागमा असर गर्ने, दृष्टिमा असर गर्नुको साथै मिर्गौलामा समेत असर गर्ने बताइएको छ । मृतकको बारे विस्तृत विवरण आइसकेको छैन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *