Sajhamanch Archive

लायन्स क्लब अफ धाइजन चारआलीमा पुन: घिमिरे

Published: in समाज by .

मेचीनगर । लायन्स क्लब अफ धाइजन चारआलीको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

उक्त साधारणसभाले लायन्स वर्ष २०२०/२१ को लागि पुन: हरि घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै प्रथम उपाध्यक्षमा धनबहादुर तामाङ, द्धितिय उपाध्यक्षमा मोहन अधिकारी सचिवमा जगन भट्टराई, सहसचिवमा टीकाराम रिजाल, कोषाध्यक्षमा सुमन चिमरिया र सह-कोषाध्यक्षमा बिकास निरौला चयन भएका छन् ।

त्यस्तै लायन्स टेम्बरमा ( lion tamber)  संगीत सिवाकोटी, लायन्स टुउस्टर ( tail twister) मा नर्बु शेर्पा,सदस्य संयोजकमा सन्तोष न्यौपाने, एलसी ( Lc.IF )संयोजकमा नरेन्द्र धिमाल, बजारीकरण संयोजकमा वीर बेघा, क्लब निर्दशकहरुमा उत्तम पकुवाल, रोहित दहाल र सुरेशकुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी तालिम संयोजकमा नवीन विष्ट, खेलकुद संयोजकमा रबिन मेचे, लियो संयोजकमा योगेस भट्टराई, कार्यक्रम संयोजकमा तिर्थ घिमिरे, स्वास्थ्य संयोजकमा युवराज अधिकारी र जनसम्पर्क अधिकारीमा छिरिङ शेर्पा सर्वसम्मत चयन भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *