Sajhamanch Archive

प्रदेश १ को कुन कुन स्थानमा छन् होल्डिङ एरिया ?

Published: in प्रदेश तह, विविधा by .

विराटनगर  । भारत तथा तेस्रो देशबाट आएका नेपालीहरुलाई राख्न प्रदेश सरकारले २४ वटा होल्डिङ एरिया सञ्चालनमा ल्याएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार झापा १९, सुनसरीमा २, इलाममा २ र मोरङको एक स्थानमा होल्डिङ एरिया सञ्चालनमा छन ।

होल्डिङ एरियामा २ हजार ९ सय ७२ जना अटाउन सक्ने क्षमता छ । झापामा मात्र २ हजार १ सय ५८ बेड क्षमताका १९ वटा होल्डङ एरिया छन् ।

झापाको मेचीनगर– ८ आदर्श माबीमा दुईसय जना अटाउन सक्ने क्षमता छ । मेचिनगरको १० को अतिथि सदन र वडा नम्बर ६ को काकडभिट्टा माबीलाई पनि क्वारेन्टाइन बनाइएको छ ।

झापाको भद्रपुर नगरपालिका– १० ग्रामिण विकास प्रशिक्षण केन्द्र, मेची क्याम्पसलाई पनि होल्डिङ एरियाको रुपमा प्रयोग गरिएको छ ।

कचनकवल गाउँपालिकामा ६ वटा होल्डिङ सेन्टर तयार गरिएको छ ।

कचनकवल गाउँपालिका वडा नम्बर– १ को बुद्ध आधारभूत विद्यालय, वडा नम्बर ६ को लक्ष्मी माबी, ४ नम्बर वडाको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय, वडा नम्बर ५ को जानकी आधारभूत विद्यालय पाठामारी र वडा नम्बर ४ को महेन्द्र रत्न माध्यमिक विद्यालयललाई होल्डिङ एरिया बनाइएको हो ।

झापा कै झापा गाउँपालिका– ४ को डिल्लीराज माध्यमिक विद्यालय, गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ को बहुमुखी क्याम्पस र वडा नम्बर ६ को खजुरगाछी माध्यमिक विद्यालयलाई होल्डिङ एरिया बनाइएको छ ।

बुद्ध शान्ति– १ को बुद्ध माध्यमिक विद्यालय, विर्तामोडको कंञ्चनजंघा मेडिकल इस्सीस्ट्युट, दमक–४ को मानसरोबर इन्सीस्ट्युट, मदन भण्डारी स्मृति प्रतिष्ठान, कनकाई नगरपालिकाको बहुमुखी क्याम्पस, र हल्दीबारीको जनजाग्रीती माध्यमिक विद्यालयलाई पनि होल्डिङ एरिया बनाइएको छ ।

सुनसरी जिल्लामा ३ सय ३६ बेड क्षमताका दुई होल्डिङ एरिया छन । भोक्राहा नरसिंह गाउँपालिका– ५ को सिमप्याक्स फुट्स उद्योग र बराहक्षेत्र नगरपालिकाको जगतगुरु रामानन्दचार्य सेवा पीठलाई होल्डिङ एरिया बनाइएको छ ।

इलाममा १ सय ७८ बेड क्षमताका इलाम– ९ नयाँ बसपार्क र सूर्याेदय नगरपालिकाको कृष्ण आस्रम माध्यमिक विद्यालयलाई होल्डिङ एरिया बनाइएको छ ।

मोरङमा एउटा मात्र होल्डिङ एरिया छ । विराटनगर महानगरपालिकामा रहेको डिएभी स्कुलमा ३०० बेडको होल्डिङ एरिया सञ्चालनमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *