Sajhamanch Archive

नक्सा सच्याए वापत दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिंदैछ: प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् ।

प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रैका शक्तिहरु अहिले लागिपरिरहेको बताएका छन ।

मदन भण्डारी फाउण्डेसनद्वारा आज   आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।’ उनले थपे, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’

उनले भने, ‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ ।’

उनले थपे, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन । कोशिस गर्नेलाई गर्न दिउँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *