Sajhamanch Archive

पेट दुखेर अस्पताल लगिएकी भक्तपुरकी बालिकामा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाड । पेट दुखेर जचाउँन अस्पताल लगिएकी भक्तपुरकी एक चार वर्षकी बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो ।

एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।

शनिबार रिपोर्ट आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिएका छन् । संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।

‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *