Sajhamanch Archive

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (आइतबार) थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कूल संख्या तीन हजार १३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *