Sajhamanch Archive

कमल गाउँपालिकाको ७ नं. वडा कार्यालय भवन उद्घाटन

Published: in विविधा, समाज, स्थानीय तह by .

कमल । १ नम्वर प्रदेशका सांसद एवं सुशासन तथा योजना आयोगका सभापति अर्जुन राईद्वारा आज झापाकोे कमल गाउँपालिका ७ नम्वर वडा कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गणतन्त्र स्थापना पछी त्यसले व्यवस्था गरकोे कानुनी प्रावधान अनुसार राज्यको तीन तह मध्ये स्थानियतहका वडा कार्यालयबाट नागरिकका अधिकतम् सेवा पाउने कानुनी प्रावधान छ । सोही अनुसार कमल गाउँपालिकाले ७ नम्वर वडाले आफ्नै भवन बनाएर नागरिकलाई सेवा प्रदान सुरु गरेकोमा सभापति राईले धन्यवाद दिए ।

गाउँपालिका अध्यक्ष मेनुका काफ्लले पालिकाले सबै वडा कार्यालयको भवन निर्माणका लागी जग्गा प्राप्त गरि सकेको जानकारी दिइन् । वडा कार्यलय भवन निर्माणका लागी बजेट समेत विनियोजन गरिएको छ, उनले भनिन् । आगामी आर्थिक वर्ष भित्र सबै वडाका कार्यालय भवन निर्माणगरी सक्ने गाउँपालिकाले जनाएको छ ।

वडा कार्यालय भवन निर्माणका लागी स्थानिय देविमाया चम्लागाई, टंकप्रसाद चम्लागाई, गोविन्द प्रसाद चम्लागाईले ५ कठ्ठा, सवा १५ धुर जमिन उपलब्ध गराएका थिए । जिल्ला समन्वय समिती झापाबाट ४५ लाख, प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका तर्फबाट २५ लाख र गाउँपालिकाबाट ७ लाख ५० हजार गरी जम्मा ७७ लाख ५० हजार रुपैयाको लागतमा निर्माण उक्त भवन निर्माण गरिएको बताइएको छ । भवन ४५ फुट लम्वाई ३३ फुट चौडाई रहेको ८ कोठाको २ तले भवन निर्माण सम्पन्न भएको हो ।

यसैबीच सोही कार्यक्रममा वडा कार्यालयका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गा दातालाई गाउँपालिकाले सम्मान गरेको छ । जग्गादाता देवीमाया चम्लागाई, टंकप्रसाद चम्लागाई, गोविन्द प्रसाद चम्लागाईलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *