Sajhamanch Archive

पीसीआर प्रयोगशालाका लागि साना मझौला व्यवसायी साकोसको ३१ हजार

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । साना मझौला व्यवसायी साकोसले पिसिआर ल्याब स्थापनाका लागि सहयोग गरेको छ ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी विर्तामोड –१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ३१ हजार रुपैयाँ प्रदान गरेको हो ।

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले १० औं स्थापना दिवसको अवसरमा आइतवार आयोजना गरेको कार्यक्रममा उक्त रकम प्रदान गरेको थियो ।

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह–संयोजक बिनोद बस्नेत , सदस्य रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल कुमार भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेकी थिइन् ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेकाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न ‘एकका लागि एक’ अभियानको अगुवाईमा नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी रकम प्रदान गरिएको संस्थाकी अध्यक्ष वस्नेतले वताइन् ।
उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको वताउँदै आफूहरुको सहयोगले कोरोना संक्रमितको पीसीआर परीक्षणमा मद्यत पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले गरेको सहयोगको प्रसंशा गर्दै पीसीआर परीक्षण प्रयोगशालाका लागी हालसम्म ८५ लाखभन्दा बढी रकम जुटिसकेको बताए ।

पिसिआर प्रयोगशाला साउन १ गतेबाट कनकाईको कोटीहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *