Sajhamanch Archive

विप्लव समूहका जनसरकार प्रमुखसहित ६ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by .

कैलाली । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर वि.क.सहित लक्की शाह, डम्वर सुनार, सुवाष जोशी, प्रकाश रावल र बबर जंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

लामो समयदेखि धनगढी उपमहानगरपालिका वडा नं. ९ वस्ने दल बहादुर वि.क. खरखजना विष्फोटक पदार्थ र संगठित अपराध मुद्धामा फरार रहेकोमा प्रहरीले उनलाई आज धनगढी उपमहानगरपालिका जुगेडाबाट पक्राउ गरेको थियो । सोही क्रममा उनीसँगै रहेका अन्य ५ जनाले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी भगाउन खोज्दा उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *