Sajhamanch Archive

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कपको सेमिफाइनलमा

Published: in खेलकुद by .

एजेन्सी । सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । डानी सेबायोसले इन्जुरी टाइममा गोल गरेपछि लण्डन क्लब आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *