Sajhamanch Archive

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by .

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए ।

उनले भने, ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’ घटनामा केही व्यक्तिलाई गोलीको छर्रा लागेको उनले जानकारी दिए । तर, कुन पक्षबाट गोली प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणि पोखरेलले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको स्थानीयको दाबी छ । अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *