Sajhamanch Archive

पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

कैलाली । दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्याएको उनले जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *