Sajhamanch Archive

कपिलबस्तुमा सलहले १५० हेक्टरमा लगाइएको तरकारीबाली खाइदियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कपिलवस्तु । अफ्रिकाबाट भारत हुँदै नेपाल आइपुगेको सलह कीराले कपिलवस्तुको बुद्धभूमि र कपिलवस्तु नगरपालिका लगाइएको तरकारी बाली सखाप पारेको छ।

आइतबार दिउँसोदेखि यो क्षेत्रमा फैलन थालेको सलहले दुई पालिकामा गरी करिब १५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली खाइदिएको हो। बुद्धभुमी १० का चेतरादेई, लोहरौला, मोतिनगर, भगवानपुर तथा कपिलवस्तु नगरपालिका(६ तिलौराकोट आसपासका तरकारी खेतीमा नोक्सान पुर्‍याएको छ। सलहले अन्यभन्दा बोडीखेती सखाप पारिदिएको छ।

अधिकांश कृषकका बोडीको पूरै लहरा नै सलहले खाइदिएको छ। करेला, घिरौँला, लौका र बदाम लगायत बालीका पात पनि खाएर क्षति पुर्‍याएको छ। सलहले लोहरौलाका १९ जना कृषकको तरकारी बाली खाइदिएको छ। यीमध्ये ४ जना कृषक लगाएका सबै तरकारी बाली नष्ट गरिदिएको छ। खेतबाट धान रोपेर फर्की तरकारी बारीमा जाँदा सलहले नष्ट गरिसकेको किसानहरूले जानकारी दिएका छन्‌।​

कपिलवस्तु नगरपालिका ६ तिलौराकोटमा पनि धेरै नोक्सानी पुर्‍याएको तरकारी जोनका संयोजक मुस्कान केबटले बताए। केवटले भने, ‘कपिलवस्तु र बुद्धभूमि नगरपालिका आसपासका क्षेत्रमा ५०० हेक्टरमा तरकारी उत्पादन हुन्छ, जसमध्ये १५० हेक्टरभन्दा बढीमा लगाइएको तरकारी बालीमा सलहले पूर्ण क्षति पुर्‍याएको छ, क्षतिको सबै विवरण साँझसम्म संकलन हुनेछ।’ अचानक सलह आएपछि भगाउने तरिका थाहा नहुँदा धेरै क्षति भएको किसानहरूले जानकारी दिएका छन्‌।

कृषकहरूले लट्ठी लिएर सलह भगाउन खोजेको र केही कृषक सलह कीराले टोक्छ भनी डराएर घरभित्र बसेको लोहरौलाका कृषक कृषक कृष्ण मोहन केवटले बताए। यता बुद्धभूमि(४ किलौलीका कृषकको मकै बालीमा समेत सलहले क्षति पुर्‍याएको छ। भाँच्ने बेला भएको मकैको घोगासमेत खाएर क्षति गरेको कृषक विष्णु प्रसाद भुसालले जानकारी दिए। जिल्लाका सबै ठाउँमा सलह देखिए पनि बुद्धभूमि(१० र कपिलवस्तु नगरपालिका–६ मा धेरै क्षति पुर्‍याएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *