Sajhamanch Archive

असोजबाट पुँजीबजार पूर्णस्वचालित कारोबार

Published: in अर्थतन्त्र by .

काठमाडौं  । आगामी असोजबाट पुँजीबजारमा पूर्णस्वचालित कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले कारोबारलाई सहज र सुविधायुक्त बनाउन यही साउन १ गतेदेखि नै ‘अनलाइन ट्रेडिङ’को परीक्षण सुरुआत गर्दै आएको छ ।

अहिले परीक्षणका लागि सुरु गरिरहेको अनलाइन व्यवस्थामा दुई हजारजनाभन्दा बढी लगानीकर्ताले अनलाइनको ‘लगइन’ लिइसकेको जनाइएको छ ।

‘ब्रोकर’बाट लगइन लिइसकेपछि लगानीकर्ताले अनलाइनबाटै सेयरको खरिद–बिक्री गर्नसक्ने छन् ।

अहिले परीक्षणकालमा रहेको यो प्रणाली असोजबाट भने पूर्णरुपमा सन्चालनमा आउने एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

स्वचालित कारोबारप्रति लगानीकर्ताहरु उत्साहित रहेको पाइएको र पूर्णरुपमा सन्चालनमा आएपछि लगानीकर्ता यसप्रति थप आकर्षित हुने पराजुलीले बताए ।

-इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *