Sajhamanch Archive

कमल गाउँपलिकाले मनायो अन्तराष्ट्रिय धान दिवस

Published: (Updated: ) in समाज, स्थानीय तह, by .

कमल । १७ औं अन्तराष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रमगरि सम्पन्न भएको छ ।

“धान उत्पादनमा वृद्धि, आत्मानिर्भरता र संमृद्धि ” भन्ने नारा सहित १७ औ अन्तराट्रिय धान दिवश मनाईएको हो ।

यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रमगरी धान दिवश मनाएको छ ।

कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा परिवर्तन कृषक समुह कमल २ र नमुना कृषक समुह कमल ६ को व्यवस्थापनमा धान रोपाई सम्पन्न भएको हो ।

मुलुकभर कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आज धान रोपाई कार्यक्रमको आयोजना गरिएको कमल गाउँपािलकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

रोपाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी,प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, कृषि विकास शाखाका कर्मचारी, विभिन्न कृषक समुहका प्रतिनिधी लगायतको उपस्थितीमा रोपाई कार्यक्रम सम्पन्न भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *