Sajhamanch Archive

पीसीआर ल्यावका लागि एकैदिन पाँच लाख ३६ हजार जुट्यो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि सोमबार एकैदिन पाँच लाख ३६ हजार दुई सय ८२ रुपैयाँ सहयोग जुटेको छ ।

विभिन्न संस्था तथा दाताहरुले सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन् । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षता तथा समाजसेवी एवम् रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको समारोहकाबीच दाताहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको संस्था मिसन रिबिल्ड नेपालको तर्फबाट दुई लाख रुपैयाँको चेक प्रमुख अतिथि ओलीले प्रदान गरेका थिए ।

त्यस्तै बिर्तामोडका युवा उद्योगी तथा व्यवसायी प्रदिप मित्तलले एक लाख एक हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी मेचीनगर–७ इँटाभट्टा निवासी गोमादेवी मैनाली र मोहनकुमार भेटवालले आफ्ना पिता/ससुरा खड्गप्रसाद र माता गंगादेवी मैनालीको स्मृतिमा ७१ हजार एक सय ७१ रुपैयाँ प्रदान गरे । पिता तथा ससुरा खड्गप्रसादको प्रथम वार्षिक पुण्यतिथिको दिन पारेर भेटवाल दम्पत्तिले उक्त रकम प्रदान गरेका थिए ।

त्यस्तै आफ्नी माता भक्तिमाया ओडारीको स्मृतिमा बिर्तामोड निवासी सुरेन्द्र–पुनम ओडारी, युवराज–रोजी ओडारी, गणेश–गितु ओडारीले ५१ हजार रुपैयाँ प्रदान गरे । सुरेन्द्र–पुनम ओडारीले उक्त रकम प्रदान गरेका थिए । त्यस्तै बिर्तामोड–२ चैतुबारी निवासी ९१ वर्षीय विष्णुप्रसाद ओलीले ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

त्यसैगरी वन पैदावार उद्योग व्यवसायी संघ झापाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । संघको तर्फबाट अध्यक्ष गोपाल खत्री, सचिव पुष्पराज दाहाल र कार्यालय सचिव योगेन्द्र सुवेदीले उक्त रकम हस्तान्तरण गरेका थिए । त्यस्तै डिएण्डबी स्टोर्स बिर्तामोडका सञ्चालक एवम् लायन्स क्लव अफ बिर्तामोड सिटीका तृतीय उपाध्यक्ष दुर्गा थपलियाले ११ हजार रुपैयाँ प्रदान गरेका छन् । अभियानका संयोजक गिरी तथा सदस्यहरुलाई दाताहरुले रकम प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *