Sajhamanch Archive

‘पियोर कोदोको रक्सीले चियर्स गर्नुपर्छ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश १ की सांसद उषाकला राईले स्वदेशी घरेलु मदिरालाई ‘ब्राण्ड’ गर्ने र विदेशी उत्पादनलाई ‘ब्यान्ड’ गर्नुपर्ने बताइन् ।

प्रदेशसभा बैठकमा उनले स्वदेशी बहुमूल्य जडिबुटीहरूलाई प्रतिबन्ध गर्ने र विदेशीलाई ब्राण्डिङ गर्ने काम भएको बताएकी हुन् । विनियोजन विधयेकमाथिको छलफलमा उनले नेपाली उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिइन् । हामीले घरेलु रक्सी, गाँजा, रातो चन्दन ब्यान्ड लगायौँ,’ उनले भनिन्, ‘त्यसपछि विदेशी रक्सिलाई ब्राण्ड बनायौँ ।’

उनले नेपालमा घरेलु मदिरा, गाँजा, रक्तचन्दन र बहुमूल्य जडिबुुडीमाथिको प्रतिबन्ध खोलेर उद्योगसँग जोड्नुपर्ने बताइन् । उनले प्रदेश १ ले तत्काल विधयेक ल्याएर त्यसको लागि प्रयास गर्नुुपर्ने उनले बताइन् । घरेलु मदिरा आदिबासी दिदी बहिनीहरूले उत्पादन गरे पनि त्यसबाट सबैले फाइदा लिनसक्ने उनको भनाइ थियो ।

विदेशमा ठूला कार्यक्रमहरूमा आफ्नै उत्पादनले चियर्स गर्ने गरेको उनले बताइन् । हाम्रो देशमा पनि हुने त्यस्ता कार्यक्रममा आफ्नै कोदोको रक्सीले चियर्स गर्नु पर्ने उनको भनाइ थियो । उनले खानै नहुने भए सबै बन्द गर्नुपर्ने बताइन् ।

उनले नेपालको गाँजा अन्यत्रको भन्दा धेरै अन्तर रहेको बताउँदै विदेशीहरूले नेपालको जस्तो गुणस्तरको गाँजा उत्पादनको लागि धेरै प्रयोग गरिहेको बताइन् । ६० गुणा इम्यूनिटी पावर बढाउन सक्ने गुर्जो, भियाग्रा जस्ता जडिबुटिबाट बनाएको रक्सी ५ सय डलर प्रतिबोतलमा विदेशीलाई बेच्न सकिने उनको तर्क थियो ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *