Sajhamanch Archive

सलह किरा प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by .

बुद्धशान्ति । बुधबारे जेसीजले झापामा सलह किरा देखिए किसानले संकलन गरेको सलह किरा प्रति किलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । ‘किसानका लागि जेसीज’ भन्ने अभियान अन्तर्गत सो कार्य गरिने भएको हो ।

बुधबारे जेसीजको सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रीसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस भन्ने उदेश्यले बुधबारे जेसीजले सो निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताए ।

बैठकले झापामा संचालित ‘एकका लागि एक’ कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

क्यालेन्डर बिमोचन समेत गरिएको कार्यक्रममा नेपाल कृषिप्रधान देश भएको र सलह किराले किसानलाई ठूलो क्षति पुग्न सक्ने तर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचोट निकालिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्यालेन्डर बिमोचन कार्यक्रममा जेसी तिर्थ तिम्सिनाको संयोजकत्व र अध्यक्ष राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू जेसी सेवन्त पोख्रेल र जेसी प्रकाश भण्डारी, कानुनी सल्लाहकार जेसी मुकेश भट्टराई, कार्यकारीणि उपाध्यक्ष गजुहाङ योङ्हाङ, उपाध्यक्ष सुजित बराल, सचिव अनिल वाग्ले, लगायतको आतिथ्यता रहेको थियो ।

उक्त  कार्यक्रमको सञ्चालन  महासचिव जेसी दिपेन सिटौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *