Sajhamanch Archive

अन्तराष्ट्रिय टिकटक प्रतियोगितामा प्रथम बनिन् इलामकी युनिशा

Published: in गीत/संगीत/मनोरञ्जन by .

दमक । अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिता इलाम माङ्सेबुङ् निवासी युनिशा साँबाले जितेकी छन् । प्रथम पुरस्कार विजेता साँबाले नगद २० हजार हात पारेकी छन् ।

विश्व नै कोरोनाबाट आक्रान्त बनेको बेला गत वैशाख १५ गतेबाट फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट संचालन भएको टिकटक प्रतियोगिता असार १५ गते साँझ सम्पन्न भएको हो । त्यसैगरी प्रतियोगिताको द्वितीय पुरस्कार १० हजार रुपैयाँ धरान–१० कि हाङ्सु आङबुहाङ्ले प्राप्त गरेकी छिन् । तेस्रो पुरस्कार ७ हजार ५ सय रुपैयाँ शिवसताक्षी, झापाका समिर जवेगुको ग्रुपले हात पारेका छन् । सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ भने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले प्राप्त गरेका छन् ।

त्यसैगरी जुरी तर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप, भारत, सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङ्को समूह पथरीशनिश्चरे, मोरङ्लाई सर्वोत्कष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

हङ् कङ् रहेर नेपाली कला संस्कृतिमा निरन्तर लागि राख्नुभएका कला संस्कृतिका अभियन्ता फुरुलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा लिम्बू कलासंस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले संसारभर लिम्बू गीतलाई प्रचारप्रसार होस् भन्ने अभिप्रायले २ महिने टिकटक प्रतियोगिता गरिएको थियो ।

टिकटक प्रयोगितामा विभिन्न व्याक्तिहरुबाट सहयोग प्राप्त भएको थियो ।  बेलायतमा कार्यरत नेम खापुङ् र एन जे माबोहाङ्बाट ५९ हजार रुपैयाँ प्राप्त भएको थियो । तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, त्यसैगरी इजारायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायकरसंगीताकार सुजन तिगेला र हङ् कङ् मा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगी सम्पूर्णलाई मायाको चिनो प्रदान गरेका छन् ।

लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कार्यक्रमका आयोजक कलाकार तथा निर्देशक मौसम इम्बुङ् ९फूरुलेन्देको बाउ०ले बताएका छन् । प्रतियोगितामा ५ सय भन्दा धेरै टिकटकहरु मध्येबाट १ सय पच्हत्तरवटा टिकटकहरु अपलोड् भएका थिए । टिकटक अपलोड भएको १ महिना अवधीमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *