Sajhamanch Archive

पीसीआर ल्यावका लागी बुधबार ६ लाख १३ हजार जुट्यो

Published: (Updated: ) in विविधा, सहकारी by .

विर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधवार एकैदिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालाका लागि उक्त रकम जुटेको हो ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी विभिन्न संस्था तथा दाताहरुले बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनको तर्फबाट दुई लाख ५१ हजार, नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २५ हजार प्रदान गरिएको छ ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्षहरु चन्द्र डाँगी, प्रेम दाहाल, अध्यक्ष नविन कोइराला र कोषाध्यक्ष अमित सरियाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै बिर्तामोड–४ निवासी गोमेन्द्र महाविद्यालय कलेजका संस्थापक शिक्षासेवी गणेशप्रसाद खनाल र बुध खनालले एक लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यसैगरी बिर्तामोड–१ निवासी क्याप्टेन जगनध्वज लिम्बू र कृष्णकुमारी लिम्बूले ५१ हजार, पोपर्टी डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य तथा झापा गोल्डकपका सदस्य बिर्तामोड–५ निवासी चन्द्र कट्टेल र निरा कट्टेलले २१ हजार, बिर्तामोड –३ स्थित मदरसा तालिमल कुरानका अध्यक्ष अफरोज खानले २१ हजार र खेलकुद प्रशिक्षक बिर्तामोड–१ निवासी डिके गुरुङले १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यसैगरी मंगलवार शिवसताक्षी – ८ लालझोडा निवासी तथा हाल दक्षिण कोरियामा कार्यरत् राजु राई र भानु राईले दक्षिण कोरियामा अभियान सञ्चालन गरी २१ हजार प्रदान गरेका छन् । पीसीआर परीक्षण प्रयोगशालाका लागी उनीहरुले पाँच लाख संकलन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यस्तै मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार ,विर्तामोड नपा –४ की मनीदेवी अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेको वताइएको छ ।

‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र १ हजार १ सय व्यक्तिबाट सहयोग हालसम्म ९५ लाख रुपैयाँ जुटिसकेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *