Sajhamanch Archive

शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ निवासी ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ प्रयोगशाला विराटनगरले उक्त पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको क्वारेन्टाइन व्यवस्थापन समिति अध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए ।  सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उनी दिल्लीबाट आषाढ १४ गते भद्रपुर नगरपालिकाको क्वारेन्टाइनमा आएका थिए भने १५ शिवसताक्षीको सतासी प्राविको क्वारेन्टाइनमा राखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उनलाई प्रदेश नं. १ गोठगाउँको आइसोलेशनमा पठाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

हाल शिवसताक्षीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने एक जना कोरोना जितेर घर फर्की सकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *