Sajhamanch Archive

तारापुञ्ज साकोस नयाँ भवनमा

Published: in समाज, सहकारी by .

मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था आज देखि नयाँ भवनमा सरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीबाट विगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको साकोसले बिहीबारदेखि नयाँ भवनबाट सेवा सुरु गरेको हो ।

संस्थाका अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको नयाँ भवन शुभारम्भ कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लीलाप्रसाद भण्डारी,निर्वतमान अध्यक्ष लेखनाथ पौडेल केशव, संस्थका व्यवस्थापक मोहन अधिकारी,संस्थका कार्यसमिति सदस्य तथा कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

१ हजार ८०० जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पुँजी ९० लाख रुपैया रहेको संस्थाका व्यवस्थापक अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *