Sajhamanch Archive

जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया अवलम्बन नगरी संसद अधिवेशन अन्त्य गरिनु दुःखद भएको उल्लेख छ । कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको शर्माको भनाइ छ ।

संसद अधिवेशन काँग्रेससँग परामर्श नगरिएको र पूर्व सूचना पनि नदिइएको विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ ।’

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी भएको काँग्रेसको बुझाइ छ ।

तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको शर्माले बताए । ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै काँग्रेस अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरको छ ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्कोअधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन् ।

स्रोत : रातोपाटी  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *