Sajhamanch Archive

इटहरीमा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेेका अधिकारीकाे मृत्यु

Published: in विविधा by .

इटहरी । सुनसरीको इटहरीमा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका व्यक्तिको मृत्यु भएको छ । इटहरीमा आफ्नै शरिरमा आगो लगाएका ४५ वर्षीय सूर्यबहादुर अधिकारीको उपचारका लागि काठमान्डौ लैजादै गर्दा बटोमा नै निधन भएको हो ।

उनलाइ वी पी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल अस्पताल बिराटनगरमा उपचार सम्भव नभएपछि काठमान्डौँ लैजादै गर्दा बटोमा नै निधन भएको परिवारिक स्रोतले बताएको छ ।

परिवारिक स्रोतका अनुसार अहिले उनलाइ पोस्टमार्टमका लागि इनरूवा अस्पतालमा राखिएको छ । बिहिवार इटहरी स्थित कृष्ण पेट्रोल पम्प संगै टासिएको एक होटल अधिकारीले आफ्नै शरिरमा आगो लगाएका थिए । उनि ट्याक्सी व्यवसायी रहेका थिए । उनको आत्महत्या कारण खुल्न सकेको छैन् । पोस्टमार्टम पश्चात इटहरी स्थित बुढीखोलामा दाहसस्कार गरीने पारिवारिक स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *