Sajhamanch Archive

शिवसताक्षी वडा नं. ७ को चालु वर्षका सबै योजना सम्पन्न

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं.७ ले चालु वर्षका सबै योजनाहरु सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाबाट २०७६÷७७ का लागि विनियोजित ४० लाख बराबरको सम्पूर्ण योजनाहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको हो ।

लकडाउनको समयमा पनि एक महिना बाहेक अन्य महिना विकास निर्माणका काम नरोकिएका कारण समयमै निर्माणका काम सकिएको वडा नं. ७ वडाध्यक्ष नविन इजमले जानकारी दिए ।

विश्व व्यापीरुपमा फैलिएको कारोना संक्रमणको जोखिमका कारण एक महिना मात्रै विकासको कामलाई वडाले रोकेको अध्यक्ष इजमले बताए । लकडाउन अघि नै सम्पूर्ण योजनाहरु सम्झौता भइसकेर काम सुरु भएको उनको भनाई छ ।
केन्द्रिय र प्रदेश स्तरका योजना पनि सम्पन्न भएका छन् ।

वडाले ०७६÷७७ मा कल्भड, ग्राभेल, पुल, सिँचाईलगायतका आयोजनाहरुको रहेको अध्यक्ष इजमले जानकारी दिए । वडाले आर्थिक वर्ष ०७७÷७८ का लागि स्वास्थ्य शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरेको वडा कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *