Sajhamanch Archive

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिनेः मन्त्री भट्टराई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रवार विभिन्न नौ पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोडसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन ब्यवसायीलाई आग्रह गरे ।

मन्त्री भट्टराईले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिदै भन्नुभयो तपाईहरु स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताब लिएर आउनुहोस म सिसिएमसि र क्याविनेटमा लगेर निर्णय गर्ने कोसिस गर्ने बताए ।

पर्यटन ब्यवसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै मन्त्री भट्टराईसँग लकडाउन खुलाउन माग गरेका छन । माग पत्रमा व्यसायीहरुले चार्टर फ्लाईडहरुको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशिघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालीका अनुसार सञ्चालन गर्न माग गरको छन ।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन संचालनको लागि अनुमति दिन र हिमाल सफाईको कार्यहरु सञ्चालन र नयाँ हिमाली गन्तब्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरु तत्काल शुरु गर्न माग समेत गरको छन ।

माग पत्र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स,ऐजेन्ट,सोसाईटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल,होटल एसोसिसन नेपाल,नेपाल एसोसिएसन अफ टुर अपरेटर्स,टेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी,नेपाल पर्वरोहण संघ, टुरिस्ट बस एसोसिसन अफ नेपाल र नेपाल पर्यटक यातायात ब्यवसायी संघले अध्यक्षले सामुहिक रुपमा माग तथा सुझाव दिएका हुन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *