Sajhamanch Archive

प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् ।

विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगीत भएको सन्दभएमा ओली शीतल निवास जानुलाई महत्वका साथ हेरिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ। यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *