Sajhamanch Archive

दूधेबाट लारुम्बा हुँदै इलाम जोड्ने जोरपोखरी सडक कालोपत्रे

Published: in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीबाट महमाई हुँदै इलाम जोड्ने जोरपोखरी सडक कालोपत्रे भएको छ ।

शिवसताक्षीको दूधेबाट उत्तर महमाई ९, को जोरपोखरी हुँदै इलाम जोड्ने सडकको १३ सय मिटर कालो पत्रे भएको हो ।

प्रदेश संसाद झलकसिंह दर्लामीको पहलमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित एक करोडको लगानीमा उक्त सडक निर्माण भएको हो ।
झापाको दूधेबाट जोरपोरपोखरी, लारुम्बा हुँदै पाँचथरको राँकेसम्म जोड्ने सडकको पहिलो पल्ट १३ सय मिटर कालो पत्रे भएको प्रदेश सांसद झलसिंह दलामीले बताए । उनले भने, यो सडक माई पश्चिमबाट झापालाई ताप्लेजुङ्गसम्म जोड्ने सबैभन्दा छोटो दूरीमा पर्छ ।
क्रमात रुपमा बजेट विनियोजन हुने भएकाले पनि यो सडक राँकेसम्म केही वर्षमा जोडिने उनले बताए ।

अघिल्लो सरकारसँग मैनाचुली सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा जोरपोखरी सम्म सडकको ट्रयाक खोली सकिएको थियो । सडकको जोरपोखरीसम्म डिपिआर समेत भइसकेको संसाद दर्लाीमले जानकारी दिए ।

सडक तोकिएको मापदण्ड अनुसार नै निर्माण भएको शान्ति निर्माण सेवाका फडेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

सडक बनेपछि स्थानीय बासी खुसी छन् । लामो समय सडक बन्ने कुरा मात्र हुने गरेको सो सडक अचानक कालो पत्रे हुँदा स्थानीयबासीले सरकारको कुरा मात्र होइन काम पनि गरेर देखाएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *