Sajhamanch Archive

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

गोरखा । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

पालुङटार नगरपालिका वडा नं.७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका वडा नं.१२ र शहीद लखन गाउँपालिका वडा नं.१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । तर स्थानीयवासीले त्यसको विरोध गरेका छन् ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *