Sajhamanch Archive

‘शवबाट कोरोना सर्दैन, व्यवस्थापनमा अवरोध नगराैँ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न अनुरोध गरेको छ ।

देशका विभिन्न ठाउँमा कोरोना पुष्टि भएर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरिहरको बेला स्वास्थ्य मन्त्रालयले भने शवबाट कोरोना नसर्ने भन्दै अवरोध नगर्न अनुरोध गरेको हो ।

‘कोभिड सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव जलाएर या खाल्डोमा गाडेर वा अन्य तरिकाले आफ्नो रीतिरिवाज अनुसार व्यवस्थापन गर्न सकिन्छ, यसमा सामान्य सुरक्षा अपनाए पुग्छ’, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने, ‘बोल्दा, हाच्छिउँ या खोक्दा निस्कने थुकको छिटामार्फत कोरोना एक व्यक्तिबाट अर्कोमा सर्छ तर मृत्यु भएका व्यक्तिबाट यस्ता कुनै क्रियाकलाप नहुने भएकाले शवबाट सङ्क्रमण हुँदैन । सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिन्छ’, प्रवक्ता गौतमले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *