Sajhamanch Archive

विर्तामोडमा चिन्तन चौतारी निर्माण हुने, दशैमा उद्घाटन गरिने

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । झापाको बिर्तामोडमा उज्यालो चिन्तन चौतारी निर्मामा हुने भएको छ । नगरपालिकाको ९ नं. वडा स्थित चिन्तन चोकमा ३ करोडको लगानीमा उज्यालो चिन्तन चौतारी निर्माण हुने भएको हो ।

बिर्तामोड भद्रपुर सडक खण्डस्थित मेची आँखा अस्पतालदेखि अढाई किलोमिटर दक्षिणमा ब्यक्तिगत लगानीमा पर्यटकीय स्थलको निर्माण गर्न लागेको उज्यालो चिन्तन चौतारीका सञ्चालक प्रकाश वुढाथोकीले जानकारी दिए ।

सञ्चालक बुढाथोकीले बुधवार सोही क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी उज्यालो चिन्तन चौतारीको शिलान्यास गरेका छन् । उनले सो क्षेत्रमा एसी हलसहितको रिसोर्ट निर्माण गर्न लागेको बताए । ‘विकासमा पछि परेको ठाउँ हो यो’ सञ्चालक बुढाथाकीले भने ‘ यो रिसोर्ट निर्माणले यस क्षेत्रमा विकासमा मद्दत पुग्छ ।’

हाल १० कठ्ठा क्षेत्रभित्र फैलिएको उज्यालो चिन्तन चौतारीमा रुखविरुवा, लोकल कुखुराका चल्ला, बदेल, रहेका छन् । २०७५ सालको विजय दशमीसम्ममा उद्घाटन गरिने लक्ष्य लिएको चौतारीमा क्रमश बटाई, अस्टिज, टर्की अर्गानिक माछा, परेवा र तरकारी समेत उपलब्ध हुने सञ्चालक बुढाथोकीले बताए ।

रेन डान्स वार, स्वीमिङपुल, पोखरीसहितका बिभिन्न केटाकेटीका लागि रोमाञ्चक खेलहरु उज्यालो चिन्तन चौतारीमा थप्दै लाने सञ्चालक बुढाथोकीले बताए । ‘स्वीमिङपुल २ वटा हुन्छन्’ उनले भने ‘एउटा केटककेटीको लागि हुनेछ र अर्को ठूला ब्यक्तिहरुका लागि हुनेछ ।’ रिसोर्टसहितको उज्यालो चिन्तन चौतारी तयारपछि २५ जनालाई रोजगारी दिन सकिने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *