Sajhamanch Archive

पहिलोपल्ट रोकियो गोर्खा भर्ती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

धरान । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ ।

बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो ।
बेलायत सरकारले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका र गण्डकी प्रदेशको पोखरा महानगरापालिकाबाट गोर्खा भर्ती लिने गरेको थियो ।

बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोनाकै कारण बर्सेनि गरिंदै आएको गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएका छन् ।
बेलायती सेनाले गोर्खा भर्तीका लागि २१ मेदेखि १० जुनलाई पोखरा र २३ मे देखि १० जुनसम्म नयाँ नाम दर्ताका लागि मिति तोकेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *