Sajhamanch Archive

दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य by .

१ दैनिक धुने : दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ ।

२ दैनिक ब्रश गर्ने : बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै रक्तसञ्चारमा पनि मद्धत पुग्छ र सुख्खा हुनबाट समेत बचाउँछ ।

३ तेल मालिस : दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ ।

४  बाम लगाउने : धैरैलाई थाहा नहुन सक्छ, बेयर्ड बाम दाह्रीको लागि धेरै थोक हो । साथै मोस र जेल पनि दाह्रीको स्टायलिङका लागि उपयुक्त प्रसाधन हुन् ।

५ दाह्री ट्रिम गर्ने: समयसमयमा दाह्री ट्रिम गर्न जरुरी छ । यसले दाह्री मेन्टेन गर्नुका साथै ग्रोथमा पनि सघाउँछ । ट्रिम गर्नाले दाह्री सफा र हाइजेनिक देखिन्छ । आफूलाई स्वस्थ र सफाचटको महसुस हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *