Sajhamanch Archive

विर्तामोडको १० नं. वडा खुल्ला दिशामुक्त घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । बिर्तामोड नगरपालिका यसै साताभित्र खुल्ला दिसामुतm क्षेत्र घोषणा हुने भएको छ । बुधबार नगरपालिकाको वडा नं १० लाई नगरप्रमुख ध्रवकुमार शिवकोटीले खुल्ला दिसामुतm क्षेत्र घोषणा गरे । वडा नं ७ लाई यो साताभित्र घोषणा गर्ने कार्यक्रम रहेको नगरप्रमुख शिवाकोटीले बताए ।

बाँकी रहेको वडा नम्बर ७ मा समेत सबै घरधुरीमा चर्पी निर्माणको कार्य दुई दिनभित्रमा सकिने वडा नम्बर ७ का अध्यक्ष गंगाबहादुर भट्टराईले जानकारी दिए । बिर्तामोडको वडा नम्बर ७ खुला दिसामुक्त घोषणा भएसँगै नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्नेछ । नगर प्रमुख शिवाकोटीले एक साताभित्रै बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिने बताए ।

वडा नम्बर ७ खुला दिसामुक्त घोषणासँगै बिर्तामोड खुला दिसामुक्त घोषणा गर्ने झापाको चौथो नगरपालिका र आठौँ स्थानीय तह बन्नेछ । बुधबार खुला दिसामुक्त घोषणा गरिएको वडा नम्बर १० मा २०७१ सालदेखि खुला दिसामुक्त गर्न विभिन्न समिति गठन गरिए पनि अभियान सञ्चालन हुन नसकेकोमा २०७४ माघदेखि तीव्रताका साथ अभियानलाई अघि बढाइएको घोषणा समारोहमा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चेतानन्द निरौलाले वडाको अबस्थाबारे जानकारी दिए ।त्यस्तै उपभोतmा समितिका अध्यक्ष अमर कन्दङवाले अभियानका क्रममा ३ सय ९० वटा शौचालय निर्माण गरिएको जानकारी दिए । कार्यक्रममा खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष राजेन्द्र लिङदेन, वडा नं ७ का अध्यक्ष गंगाबहादुर भटटराई, नेकपाका रिमानसिंह लोक्ताम, नेपाली कांगे्रसका लोकबहादुर पौडेल, युएन ह्याबिटाटका बिनोद शर्मा, खानेपानी डिभिजन कार्यालयका रु्रद्र न्यौपाने लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *