Sajhamanch Archive

काठमाडौमा भीषण आगलागी, ८ वटा बस जले

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । काठमाडौँ उपत्यकामा भएको भयानक आगलागीमा ठुलो क्षति भएको छ । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बसमा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

जानकारी अनुसार थप ४ वटा माइक्रोमा भने सामान्य क्षति पुगेको छ । लामो समयदेखि जारी लकडाउनका कारण चल्न नपाएका माइक्रोबस रोकेर राखेको अवस्थामा अचानक आगलागी भएको हो । बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *