Sajhamanch Archive

विदेशीलाई नागरिकता बनाएको अभियोगमा आचार्य पक्राउ

Published: in समाज by .

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत रहँदा विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइ दिइएको अभियोग लागेका शाखा अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् ।

२०७२ माघ १० गते झुठ्ठा बिवरण पेश गरी बिदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइ दिएको मुद्धामा जिल्ला अदालत झापाबाट पक्राउ पूर्जी जारी भएका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले असार २० गते काठमाण्डौको गठ्ठाघरबाट प्रक्राउ गरेको हो । आरोपी आचार्यलाई आज आवश्यक कारबाहीका लागि जिल्ला अदालत झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *