Sajhamanch Archive

सांसद दर्लामीको पहलमा शिवसताक्षीका सडक भटाभट कालोपत्रे हुँदै

Published: (Updated: ) in प्रदेश तह, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको झिलझिलेबाट ढुंगेल चोक, शिवगञ्ज जनता बजारसम्म जाने बाटो कालो पत्रे भएको छ ।

शिवसताक्षी न.पा. ८ झिलझिले बजार सब्जी लाइनबाट सुरु भई ११ं.७ किमी बाटोको पहिलो खण्डमा ११ सय मिटर कालो पत्रे भएको हो ।

प्रदेश नं. १ प्रदेश मुख्य मन्त्री ग्रामिण सडक परियोजना अन्तर्गत ७६ लाख र शिवसताक्षी नगरपालिकाबाट १५ लाख गरी ९१ लाखको लागतमा कालो पत्रे भएको बताइएको छ ।

ग्रामिण क्षेत्रको कृषि उत्पादनलाई मुख्य बजारसम्म लानको निम्ति सहयोग पुग्ने एक निर्वाचन क्षेत्र एक सडकको अवधाराण अनुसार यस सडकलाई प्राथमिकता दिएको प्रदेश संसाद झलकसिं दर्लामीले जानकारी दिए । उनले यो सडक कालो पत्रे भएपछि झिलझिले बासीको बर्षौदेखिको चाहनालाई पनि यस सडकले पुरा गरेको बताए ।

आ.व. २०७७ ÷७८ कालागि पनि यो सडकलाई एक करोड विनियोजन भएको संसाद दर्लामीले जानकारी दिए ।

सडक बनेपछि शिवसताक्षीको दक्षिणी भेगमा उत्पादित कृषि उपज बजारसम्म ल्याउन सहज हुनेछ ।

यस अघि शिवसताक्षीबाट इलाम जोड्ने जोरपोखरी सडक पनि कालो पत्रे भएको छ । प्रदेश सरकारबाट विनियोजित एक करोडको लागतमा १३ सय मिटर सडक कालो पत्रे भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *