Sajhamanch Archive

रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी

Published: in खेलकुद by .

एजेन्सी । कप्तान सर्गियो रामोसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा ला लिगा लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।

रामोसले ७३ औं मिनेटमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गरेका हुन् । विल्वाओका डानी गार्सियाले रियल मड्रिडका मार्सेलोलाई पेनाल्टी एरियामा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । रेफ्रीले भीएआरको मद्दतमा लिएर रियललाई पेनाल्टी अवसर दिएका थिए । रामोसको उक्त गोल नै रियललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

रामोसले कोरोना भाइरसको महामारीका कारण स्थगित भएको खेल सुरु भएपछि ला लिगामा ७ खेलबाट ५ गोल गरिसकेका छन् । जितपछि रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाएको छ ।

यद्यपि बार्सिलोनाले एक खेल कम खेलेको छ । रियलले ३४ खेलबाट ७७ अंक जोड्दा बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *