Sajhamanch Archive

दमकको मावा खोलादेखि काँकरभिट्टासम्मको सडक चार लेन बन्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दमक । पुव पश्चिम राजमार्ग अन्तरगत झापाको काकडभिट्टा देखि दमक आँउदो आर्थिक बर्षमा नै ४ लेनको हुने भएको छ । यो सडक विस्तारका लागि काकडभिट्टा देखि दमकको मावा खोलासम्म सडक विस्तारका लागि बजेट विनियोजन भएको केहि दिन अघि प्रधानमन्त्री ओलीका नीजि सचिवालयका सदस्य होमबहादुर थापाले जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यस बिषयमा जानकारी दिएका हुन् । लामो समयदेखि पुर्व पश्चिम राजमार्ग विस्तारको कुरा उठेपनि हुन सकेको छैन । पूर्व–पश्चिम राजमार्गको काकडभिट्टादेखि बुटवलसम्मको करिब ६ सय किलोमिटरको राजमार्ग स्तरोन्नति र विस्तार गर्ने भनिएको लामो समय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *