Sajhamanch Archive

प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताए।

ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *