Sajhamanch Archive

सन्दीप १ करोड बढीमा जमैकामा अनुबन्ध

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् ।

सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पाउने छन् ।

आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्, जसमा रेसलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् ।

सन्दीपले यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्टबाट सीपीएल खेलिसकेका छन् । उनको यो तेस्रो टोली हो ।

सीपीएलमा जमैकासंगै बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाहज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *