Sajhamanch Archive

विराटनगर नाकाबाट तीनहजार नेपाली भित्रिए, पाँचहजार भारतीय फर्किए

Published: in समाज by .

विराटनगर । भारतीय सीमावर्ती क्षेत्र जोगवनीबाट विराटनगर हुँदै तीन हजार नेपाली भित्रिएका छन । १४ जेठयता सोमबारसम्म विराटनगर हुँदै ६ सय १९ महिलासहित तीन हजार ६ जना विराटनगर भित्रिएका हुन ।

नेपाल भित्रिएकाहरुलाई स्थानीय प्रशासनले होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार सोमबारसम्म करिब ५ हजार भारतीय फर्किएका छन् ।

एक हजार २ सय १० महिलासहित ४ हजार ९ सय ४० जना भारत फर्किएका हुन । प्रशासनले भारत फर्कनेलाई विराटनगरको एकिकृत भन्सार जाँच चौकी(आइसीपी)बाट पठाउँदै आएको आएको छ । नेपाल फर्कनेलाइ रानी नाकाबाट ल्याएर होल्डिङ एरियामा राखेर क्वारेन्टाइनका लागि सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *