Sajhamanch Archive

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *