Sajhamanch Archive

सुन प्रतितोला ७ सय रुपैयाँले महँगियो

Published: in अर्थतन्त्र, समाज by .

झापा । नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । सोमबार तोलाको ९० हजार २ सयमा कारोबार भएको थियो । आइतबार भने तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९५० कायम भएको महासंघले जनाएको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *