Sajhamanch Archive

नेकपामा सहमतिको खाका आउने अपेक्षा

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बालुवाटारमा वार्ता सुरु भएको छ ।

बुधबारसम्मका लागि स्थागित स्थायी समिति बैठकमा सहमतिको खाका लग्नेगरी सुरु भएको वार्ताले निकास दिन सक्ने कतिपयले अनुमान गरेका छन् ।

तिक्तताको अवस्थामा पुगेको नेकपाको आन्तरिक विवादलाई समाधान गर्ने जिम्मा दुई अध्यक्षले नै पाएका छन् । सहमतिको विन्दुमा पुग्न कठिन भए बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत सचिवालयको बैठकले एउटा खाका तयार पार्ने र सोहीअनुसार स्थायी समितिमा पेश हुन सक्ने अनुमान गरिएको छ ।

दुई अध्यक्षको वार्ताअघि नेता नेपाल र खनालसँग नेपालका लागि चीनकी राजदूत होउ यान्कीले पनि परामर्श गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *